बझाङ उद्योग वाणिज्य संघको आयोजनामा भलिबल प्रतियोगिता हुँदै, विजेताले १ लाख ३१ हजार पाउने
फाइल तस्बिर

बझाङ उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाकै सर्वाधिक ठूलो धनराशिको ‘बझाङ उद्योग वाणिज्य संघ कप २०७९’ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । सिलदेवी मेलाको अवसरमा उद्योग वाणिज्य संघले बझाङ जिल्ला पालिकास्तरीय महिला र पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । 

मेलाको अवसरमा पुरुष भलिबलतर्फ प्रथम टिमलाई १ लाख ३१ हजार पुरस्कारको व्यवस्था गरिएको बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले जानकारी दिए । पालिकास्तरीय भलिबलतर्फ सर्वाधिक पुरस्कारको व्यवस्था गरिएको सुर्मेलीले बताए । 

पुरुष भलिबलतर्फ प्रथम पुरस्कार १ लाख ३१ हजार १११ रुपैयाँ तोकिएको छ । द्वितीय पुरस्कार ७५ हजार १११ तथा तृतीय पुरस्कार ५१ हजार एक १११ तोकिएको छ । साथै, सान्त्वना पुरस्कार ११ हजार १११ रुपैयाँ छ । 

महिला भलिबलतर्फ प्रथम पुरस्कार ५१ हजार १११, द्वितीय पुरस्कार ३१ हजार १११ तथा तृतीय पुरस्कार २१ हजार १११ छ । सान्त्वना पुरस्कार ५ हजार १११ रुपैयाँ व्यवस्था गरिएको छ । 

विजेता टिमलाई कप, मेडलको साथै प्रमाण पत्रको व्यवस्था गरिएको छ । भलिबल खेल प्रतियोगितामा असोज ११ देखि २३ गते बिहान १० बजेसम्म टिम दर्ता गर्न सकिने छ । प्रतियोगिता २३ असोजदेखि सुरु हुनेछ । 

बझाङ उद्योग वाणिज्य संघले प्रत्येक वर्ष सिलदेवी मेलाको अवसरमा खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको छ ।





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ९:५३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया