कांग्रेसले संघीयता कार्यान्वयन गर्छ, निर्वाचनपछि देशमा सुशासन कायम हुन्छ : प्रकाशमान सिंह
फाइल तस्बिर

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्ने जिम्मेवारी दिए संघीयतालाई कार्यान्वयन गरेर देखाउने दाबी गरेका छन् । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

नेता सिंहले संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने भएकाले जिम्मेवारी दललाई देशको नेतृत्व गर्ने अवसर जनताले प्रदान गर्नुपर्ने बताए । उनले निर्वाचनपछि केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्ने कुरा जनताले महसुस हुने गरी काम गर्ने प्रतिबद्धता जनाए । नेता सिंहले आगामी निर्वाचनपछिको सरकारले देशमा सुशासन कायम गर्ने बताए । 

‘संविधान जारीपछिको दोस्रो आम निर्वाचन भनेको संघीयतालाई कार्यान्वयन गर्ने हो, काँग्रेसले मौका पायो भने संघीयतालाई कार्यान्वयन गरेर देखाउँछौँ,’ उनले भने, ‘केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा के फरक छ भन्ने कुरा जनताले महसुस हुने गरी काम गर्छौँ । सुशासनको समस्यालाई हल गर्नेछौँ ।’

नेता सिंहले नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनेको बताए । उनले शिक्षालाई वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर अघि बढाउन जरुरी रहेको बताए । नेता सिंहले १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रूपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्ने बताए । आगामी शैक्षिक नीतिमा विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमता वान बनाउने कुरा समावेश हुने दाबी गर्दै उनले नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्न जरुरी रहेको बताए ।

‘नेपालका शैक्षिक संस्थाहरू बेरोजगार उत्पादन गर्ने कारखाना बनेका छन् । त्यसैले अहिले शिक्षालाई हामीले वर्तमान अवस्थामा आवश्यक प्रविधिसँग जोडेर शिक्षालाई अघि बढाउनु पर्छ । १२ कक्षा पास भइसक्दा आफ्नो खुट्टामा नै उभिन सक्षम, आर्थिक रूपमा सबल हुनसक्ने, सीप बोकेको विद्यार्थी उत्पादन गर्नुपर्छ,’ नेता सिंहले भने, ‘नेपालको शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्छ, बेरोजगारको समस्यालाई समाधान गरी विद्यार्थीहरूलाई विद्यालयबाट बाहिर निस्किँदा क्षमता वान बनाउनुपर्छ भन्ने नीति आउने नीतिमा जोड दिनेछौँ ।’

नेता सिंहले राजनीति भनेको समाजसेवा गर्ने माध्यम भएको बताउँदै हरेक वडामा स्वास्थ्य क्लिनिक हुनुपर्ने उल्लेख गरे ।  





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ११:१६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया