जिप चलाउँदै गरेका चालकलाई बोलाएर कुटपिट
जिप चालक खेमराज पाण्डेय

बैतडीका जिप चालकमाथि भएको कुटपिटका विषयमा छलफलका लागि दुवै पक्षलाई प्रहरीले बोलाएको छ । बिहीबार पाटन नगरपालिका–५का जिप चालक खेमराज पाण्डेयलाई पाटन–६ का लक्ष्मण भण्डारीले कुटपिट गरेको पीडित पाण्डेयले बताए । यस विषयमा छलफल गर्न आइतबार प्रहरीले दुवै पक्षलाई बोलाएको हो । 

‘म जिल्ला सदरमुकामबाट यात्रु बोकेर पाटन गइरहेको थिएँ, पाटन बजार नपुग्दै भण्डारीले फोन गर्नुभयो, अरू बेला राम्रैसँग बोल्ने भएकाले बोलाएको ठाउँमा गएँ । जाने बित्तिकै गालीगलौज गर्दै कुटपिट गर्नुभयो,’ उनले भने ।

कुटपिटबाट घाइते भएका पाण्डेय उपचारका लागी बिहीबार नै धनगढी गएका थिए । माया मेट्रो अस्पतालमा उपचार गरेर फर्केका उनको टाउकोमा चोट रहेको छ । टाउकोमा गम्भीर चोट रहेकाले मस्तिष्कमा असर गरेको शङ्का गरिएको छ । 

यस विषयमा पीडितले इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएका छन् । घटनाका विषयमा उजुरी प्राप्त भएकाले अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । आइतबार दुवै पक्षलाई छलफलका लागी प्रहरी कार्यालयमा बोलाएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले बताए ।
 





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार ११:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया