काभ्रे र कैलालीमा खोलामा डुबेर दुई बालकको मृत्यु
फाइल तस्बिर

काभ्रे र कैलालीमा डुबेर दुई जनाको मृत्यु भएको छ । काभ्रेको धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने रमेश लामिछानेको छोरा ११ वर्षीय रिजन लामिछानेको सोही ठाउँस्थित पुण्यमाता खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ । 

काठको पुलबाट खोला तर्ने क्रममा चिप्ली खस्दा डुबेर गम्भीर घाइते भएका उनको सिर मेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । 

त्यस्तै, कैलालीको जोशीपुर गाउँपालिका–१ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका–१ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ ।    





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १३:१६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया