प्रधानमन्त्रीको निर्देशन : सक्रियताका साथ बजार अनुगमन कार्यमा खटिनू

प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियताका साथ बजार अनुगमन कार्यमा खटिन निर्देशन दिएका छन् । चाडपर्वको सन्दर्भमा बजार अनुगमन, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका सम्बन्धमा प्रधानमन्त्री देउवाले उक्त निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले बजार अनुगमन, गुण नियन्त्रण तथा उपभोक्ता हित संरक्षणको जिम्मेवारी प्राप्त गरेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नाप तौल विभाग, यातायात व्यवस्था विभाग, पशु सेवा विभाग, औषधि व्यवस्था विभाग र कृषि विभागले आफू र मातहत कार्यालयहरू समेत परिचालन गरी बजार अनुगमन, नियमन तथा अनुचित व्यापारिक क्रियाकलापको नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

त्यस्तै, पशुसेवा विभाग र मातहतका कार्यालयहरूले हाटबजार तथा स्थानीयस्तरमा हुने पशुपन्छी खरिद बिक्रीको अनुगमन गरी त्यसरी बिक्री वितरण भइरहेका पशुपन्छीहरू स्वस्थ रहेको सुनिश्चितता गर्ने लगायतका १२ बुँदे निर्देशन दिएका छन् ।  





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १३:३१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया