डा. रोकाका ६ कविता सङ्ग्रह एकसाथ विमोचन

वरिष्ठ न्युरो सर्जन डा. यामबहादुर रोकाका ६ कविता सङ्ग्रह शनिबार एकसाथ विमोचन गरिएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा एक कार्यक्रमका बीच वरिष्ठ कवि तुलसी दिवस र डा. रोकाले सङ्ग्रहहरू विमोचन गरेका हुन् । 

प्रत्येक संग्रहमा १ सय ८ कविता समावेश गरिएका भोल्युम ३, ४, ५, ६, ७ र ८ सार्वजनिक गरिएको हो । डा. रोकाले यसअघि नै भोल्युम १ र २ सार्वजनिक गरिसकेका थिए । शनिबार विमोचन गरिएका सङ्ग्रहबाट कवि निर्मल तामाङ, सविता गौतम दाहाल, सुयम रोकाले कविता वाचन गरेका थिए । 

कार्यक्रममा कवि सुमन पोखरेल, प्राज्ञ विवश पोखरेल, आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्री लगायतको उपस्थिति थियो । न्युरो सर्जरीका क्षेत्रमा स्थापित सर्जन डा. रोका सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित व्यक्ति हुन् ।  





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १४:१६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया