नेपालको आयात र निर्यात दुवै घट्यो
दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब
फाइल तस्बिर

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ । सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ । 

भन्सार विभागले आज जारी गरेको तथ्याङ्क अनुसार गत साउन र भदौ महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब २ अर्ब २८ करोड ८९ हजार रुपैयाँ रहेको छ । विभागका अनुसार उक्त समयमा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको  आयात १३.०१ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालले ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो । 

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु विभिन्न देशमा निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात ३४.८८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । 

पछिल्लो दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा ९.४५ प्रतिशतले घटेको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार घाटा २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँ रहेको थियो । 

अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपालको कुल वैदैशिक व्यापार १५.७० प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सुरुवाती दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ रहेको छ ।  





  • प्रकाशित मिति : असोज ९, २०७९ आइतबार १५:३६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया