युनियन एजुकेसनका निर्देशक तथा रन्त मावि तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराईले आर्थिक रूपमा विपन्न विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामाग्री सहयोग गरेका छन् । असोज ९ गते रत्न माविमा अध्ययनरत १३८ जना बाल कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।
आर्थिक रूपमा विपन्न, असहाय १३८ जना विद्यार्थीलाई सहयोग गर्ने योजना रहेको भट्टराईले जानकारी दिए । यसअघि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भट्टराईले तनहुँको व्यास–७ शेराटारस्थित समता विद्यालयका बालबालिकालाई विद्यालय पोसाक र खाद्यान्न सहयोग गरेका थिए ।
भट्टराईले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र अन्य कारणले अभिभावकको मृत्यु भएका परिवारका ४५ जना बालबालिकालाई ५६ हजार बराबरको विद्यालय पोसाक र खाद्यान्न सामग्री सहयोग गरेका थिए ।
पछिल्लो समय समाज सेवामा भट्टराई सक्रिय छन् । विपन्न बालबालिकालाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको भट्टराईको भनाई छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।