हनुमान ढोकाको दसैंघरमा राखियो जमरा [फोटो फिचर]

काठमाडौंको हनुमानढोकास्थित  दसैंघरमा सोमबार शुभ साइतमा जमरा राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको सोमबार बिहान १०:२३ बजेको शुभ साइतमा  हनुमानढोकास्थित दसैंघरमा जमरा राखिएको हो । 

सोमबारबाट नवरात्री सुरु भएको छ । जसअनुसार पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ । हनुमान ढोकाको दसैंघरमा जमरा राख्दा नेपाली सेनाको एक टोलीले मंगल धुन बजाएका थिए । हनुमान ढोकामा हर्षबढाइँका साथ जमरा राख्ने चलन छ ।  

गाईको गोबरले लिपेर तयार गरिएको पूजा कोठामा नदी तथा चोखो स्थानबाट ल्याएको बालुवामा विधिपूर्वक जौसहितका अन्न छरेर जमरा राख्न चलन छ । घटस्थापनाका दिन छरिएको जौको अङ्कुरणलाई दशैंको टीकाको दिन देवीको प्रसादको रूपमा जमरा ग्रहण गर्ने धार्मिक चलन रहिआएको छ । 

साथै जमरा घरमा दुर्गा देवीका तीन वटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।  यस वर्षको दसैंको टीकाको उत्तम साइत १९ कात्तिक बुधबार बिहान ११:५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हनुमान ढोकाको दसैंघरमा यसरी राखियो जमरा, हेर्नुस् तस्बिर :





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार १२:५०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया