ब्राजिलियन मिडफिल्डर एलन यूएईको क्लबमा अनुबन्ध

ब्राजिलियन पूर्वमिडफिल्डर एलन यूएईको क्लब अल–वहदामा अनुबन्धित भएका छन् । ३१ वर्षीय एलन इंग्लिस क्लब एभर्टन छाडेर यूएईको प्रो-लिग क्लबमा अनुबन्ध भएका हुन् । 

क्लबका अनुसार उनले २ वर्षका लागि सम्झौता गरेका हुन् । एलन २०२० मा इटालियन क्लब नापोलीबाट २१ मिलियन पाउन्डमा एभर्टन आएका थिए । 

इंग्लिस क्लबका लागि एभर्टनका लागि ५२ प्रिमियर लिग खेल खेल्दा एक गोल पनि गर्न सकेनन् । एलनले यस सिजन भने मौका पाएका थिएनन् । 





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार १३:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया