मकवानपुरमा पाँच हजार बढी मतदाता थपिए
फाइल तस्बिर

मकवानपुरमा आउँदो मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको लागि तीन लाख ७ सय ३३ मतदाता पुगेका छन् । गत स्थानीय तहको निर्वाचनमा दुई लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेकोमा पाँच हजार ८ सय १४ मतदाताको सङ्ख्या बढेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । 

मकवानपुरमा एक लाख ५३ हजार ५ सय २८ जना पुरुष, एक लाख ४७ हजार २ सय महिला र ५ जना अन्य मतदाता रहेका छन् । मकवानपुरमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि एक सय ६७ वटा मतदान स्थल तथा तीन सय ६४ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ । 

कार्यालयको अनुसार १५ असोज २० गते भित्र २ वटा प्रतिनिधि सभा क्षेत्र रहेको मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार १४:५१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया