कांग्रेस कार्यालयमा कोइराला समूहको धर्ना : ४० प्रतिशत सिट माग
फाइल तस्बिर

नेपाली कांग्रेस संस्थापनइतर समूहले ४० प्रतिशत सिट माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ । संस्थापनइतर शेखर कोइराला समूहको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गरेको छ । यसका लागि आउँदो बुधबार पार्टी कार्यालयमा एक घण्टा धर्ना दिने कोइराला समूहले निर्णय गरेको छ । 

केही दिनयता निरन्तर छलफलमा रहेको कोइराला समूहको सोमबारको भेलाले आसन्न निर्वाचनमा आफ्नो समूहबाट ४० प्रतिशत उम्मेदवार बनाउनुपर्ने माग गर्दै दबाब स्वरूप बुधबार एक घण्टा पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरेको हो ।

साथै भेलाले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारको बन्द सूचीमा आफूहरूलाई उपेक्षा गरिएको भन्दै सच्याउन पनि माग गरेको छ । 

पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारीलाई खबरदारी सभासमेत गरेको कोइराला समूहले आफूहरूको माग बेवास्ता गरिएको आगामी ४ मंसिरमा हुने निर्वाचन बहिस्कार गर्ने सम्मको चेतावनी दिँदै आएको छ ।  





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार १६:१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया