मकवानपुरमा आउँदो मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको लागि ३ लाख ७ सय ३३ मतदाता पुगेका छन् ।
गत स्थानीय तहको निर्वाचनमा २ लाख ९४ हजार ९ सय १९ जना मतदाता रहेकोमा ५ हजार ८ सय १४ मतदाताको संख्या बढेको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
मकवानपुरमा १ लाख ५३ हजार ५ सय २८ जना पुरुष, १ लाख ४७ हजार २ सय महिला र ५ जना अन्य मतदाता रहेका छन् । मकवानपुरमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि १ सय ६७ वटा मतदान स्थल तथा ३ सय ६४ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयको अनुसार १५असोज २० गते भित्र २ वटा प्रतिनिधि सभा क्षेत्र रहेको मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।