विवेकशील साझाकी केन्द्रीय सदस्य श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश

विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य अनुपा श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । 

सोमबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट उनले कांग्रेसको पार्टी सदस्यता लिएकी हुन् । कांग्रेस नेता भीमसेनदास प्रधान पनि सो अवसरमा सहभागी थिए । 

यसअघि २०७४ को निर्वाचनमा श्रेष्ठ काठमाडौं ७ बाट संघीय संसद् सदस्यमा चुनाव लडेकी थिइन । मुलुकको हितका लागि कांग्रेसको विकल्प नभएको भन्दै आफू कांग्रेसमा प्रवेश गरेको श्रेष्ठको भनाइ छ । 





  • प्रकाशित मिति : असोज १०, २०७९ साेमबार २०:४०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया