नेपाली कांग्रेस बैतडीले मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।
सोमबार बसेको जिल्ला कार्यसमिति बैठकले गठबन्धनका तर्फबाट संघमा नेपाली कांग्रेसले टिकट नपाए मित्रवत् प्रतिस्पर्धामा जाने निर्णय गरेको हो ।
जनमतका आधारमा संघीय संसदको लागि गठबन्धन दलहरूका तर्फबाट नेपाली कांग्रेसले टिकट पाउनुपर्ने अन्यथा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ । बैठक जिल्ला सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको थियो ।
स्थानीय तहको निर्वाचन बैतडीमा कांग्रेसको ३३ हजार ६८३, माओवादी केन्द्रको १४ हजार ९९८ र नेकपा एकीकृत समाजवादीको ३ हजार १४० मत प्राप्त गरेको थियो।
संघको टिकट कांग्रेसलाई नदिएमा बैतडीमा गठबन्धन नहुने र कांग्रेस एक्लै चुनावमा जाने जनाइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।