इरानमा हिजाबविरोधी प्रदर्शन : ७५ प्रदर्शनकारीको मृत्यु

इरानमा सुरु भएको हिजाबविरोधी प्रदर्शनमा ७५ जनाको मृत्यु भएको छ । ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्स (आइएचआर) ले उक्त जानकारी दिएको हो ।

आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर ११ दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरू भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौं प्रदर्शनकारीको मृत्यु भएको छ । तर, इरानी अधिकारीहरूले भने प्रदर्शनमा ४१ जनाको मृत्यु भएको छ ।

हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया महसा अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

यसबीच, महिलाहरूले लगातार ११ औँ रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।  
 





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार ८:३८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया