दसैं नजिकिएसँगै किसानलाई अलैंची भित्र्याउन चटारो

तेह्रथुमका  किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याई छ । दसैं नजिकिएसँगै किसानलाई खर्चको जोहोका लागि अलैँची टिप्न चटारो बनेको छ । अलैँची बिक्री गरेर दसैं-तिहार खर्च जुटाउन पर्ने किसानलाई यतिबेला बगानमा पर्म सघाउने र लगाउने होडमा छन् । 

छथर गाउँपालिका–६ सुदापमा जगेन्द्र लिम्बू अलैँची भित्र्याउन व्यस्त छन् । दसैं खर्चका लागि भए पनि व्यापारीले तोकेको मूल्यमा बिक्री गर्न बाध्य रहेको उनले बताए ।

सरकारले अलैंचीका लागि निश्चित बजार र मूल्य निर्धारण गर्न नसक्दा मारमा पर्दै आएको किसान टीकाराज लिम्बूको भनाइ छ । यहाँका किसानले ५ रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा अलैंची खेती गर्दै आएका छन् । स्थानीय बजारमा अहिले २४ हजारदेखि २८ हजारसम्म प्रतिमन अलैंची बिक्री हुँदै आएको छ ।

जिल्लाको ईवा, ह्वाकु, सक्रान्ति, खाम्लालुङ, सम्दु, इसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती, सोल्मा, सुङनाम फुलेक दाँगपा,बसन्तपुर सुदाप,आङदिम हमरजुङलगायतका स्थानमा अलैंची खेती हुँदै आएको छ । 





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार १०:१८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया