दसैंको सुरुवातसँगै जनकपुरधामका शक्तिपीठहरूलाई दुलहीझैँ सिँगारिएको छ । यहाँ विभिन्न शक्तिपीठहरूमा भव्य आकर्षक स्वागतद्वारा एवम् पण्डालहरू बनाइएका छन् । राजा जनककी कुलदेवी माता राजदेवीको मन्दिरमा सबैभन्दा बढी आकर्षक सजावट गरिएको छ भने बौद्धिमाई, अमरखाना माई, पिडरियामाई, फुलेश्वरी माई, सोनासति मन्दिर, दक्षिणकाली मन्दिरलगायतका अन्य दर्जनौं शक्तिपीठहरूलाई पनि झकिझकाउ बनाइएको छ ।
त्यस्तै, रामानन्द चोक, विद्यापति चोक, भ्रमरपुरा चोकसहितका स्थानहरूमा दुर्गाको भव्य प्रतिमाहरू पनि बनाइएका छन् । जनकपुरधामका स्थानीय युवा क्लबहरूको आयोजनामा हुने गरेको दुर्गा पूजालाई आकर्षक र भव्य बनाउन हरसम्भव प्रयास गरेको पाइन्छ । दसैंको सुरुवातसँगै जनकपुरधामका शक्तिपीठहरूमा श्रद्धालु भक्तजनको घुइँचो देखिएको छ । साथै, बजारमा समेत भिडभाड बढेको छ । अहिले जनकपुरधाम दसैंमय बनेको छ ।
तस्बिरमा हेरौं जनकपुरधाममा दसैंको रौनक :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।