जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको राजकीय अन्त्येष्टिमा विश्वभरका नेताहरु सहभागी भएका छन् ।
अन्त्येष्टि सुरु हुँदा हजारौं प्रदर्शनकारी भेला भएका छन्।
अन्त्येष्टि समारोहमा राज्यको ठूलो रकम सम्पत्ति खर्च गरिएको भन्दै सर्वसाधारणले प्रदर्शन गरेका हुन् ।
प्रदर्शन नियन्त्रण गर्न २० हजारभन्दा बढी प्रहरी अधिकारी परिचालन गरिएको जनाइएको छ ।
आबेको एक राजनीतिक कार्यक्रममा गोली हानेर हत्या भएको थियो । उनी ६७ वर्षका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।