संविधान र शान्ति प्रक्रियालाई पूर्णता नदिन षड्यन्त्र भइरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्न नदिएर षड्यन्त्र गरिएको बताएका हुन् । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनले यस्तो बताएका हुन् ।

पार्टीको प्रवास समन्वय समितिको बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै प्रचण्डले संविधान र शान्ति प्रक्रियालाई पूर्णता नदिन षड्यन्त्र भइरहेको बताएका हुन् । 

प्रचण्डले भने, ‘नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपतिले संविधानको दायरा खुलेयाम मिचेर, संविधानको प्रावधान मिचेर विधेयक प्रमाणीकरण गर्ने अड्डी लिनुले त्यहीँ प्रतिगमनको प्रक्रिया जारी छ भन्ने देखाउँछ ।’

संविधान मिच्ने, संविधानको भावना र मर्मलाई लत्याउने प्रवृत्ति राष्ट्रपतिमा भएको भन्दै प्रचण्डले भने,  ‘यो परिवर्तनको प्रक्रियालाई सुदृढ हुन नदिने यसलाई संस्थागत हुन नदिने प्रवृत्ति छ । यसलाई कहीँ न कहीँ डिरेल गर्ने अभ्यास भई नै राखेको छ ।’

शान्ति प्रक्रियालाई टुंगाउनेसँग सम्बन्धित विधेयक समेत रोकेको विषयमा समेत प्रचण्डले आक्रोश व्यक्त गर्दै भने, ‘अहिले शान्तिका विरुद्ध र संविधानका विरुद्ध विभिन्न कोणबाट षड्यन्त्र भइराखेको छ । हामीले त्यसको आलोचना, खण्डन र जनतालाई प्रशिक्षित पनि गरेका छौँ ।’





  • प्रकाशित मिति : असोज ११, २०७९ मंगलबार २१:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया