अमेरिकाको विश्वव्यापी सार्वजनिक मामिलासम्बन्धी कार्यवाहक सहायकमन्त्री एलिजाबेथ केनेडी ट्रुडो आज नेपाल आउँदैछिन् ।
उनले नेपालसहित यूएई, उज्वेकिस्थान र किर्गिज रिपब्लिकको १२ दिने भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा ट्रुडोले सीमान्त समूहका अभियन्ता, सञ्चारमाध्यम तथा विगतमा भएका आदानप्रदान कार्यक्रमका पूर्व सहभागीहरूसँग राउन्टेबल छलफल गर्ने कार्यक्रम छ ।
यसबाहेक गलत सूचना तथा लोकतन्त्रमा मिडियाको भूमिका विषयक कार्यक्रममा पनि उनको सहभागिता रहने विज्ञप्तिमा जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।