पोर्चुगललाई हराउँदै स्पेन नेसन्स लिगकाे फाइनल फोरमा

युइएफए नेसन्स लिगअन्तर्गत गएरातिको खेलमा जित हात पार्दै स्पेन फाइनल फोरमा प्रवेश गरेको छ । ऊ घरेलु टोली पोर्चुगलविरुद्ध १–० को कठिन जित निकाल्दै लिग ‘ए’ अन्तर्गत समूह २ को विजेताको रूपमा फाइनल फोर प्रवेश गरेको हो ।

योसँगै प्रतियोगिताको फाइनल फोरमा पुग्ने चारवटै टोलीको टुंगो लागेको छ । स्पेनसँगै लिग ‘ए’ को समूह एकबाट क्रोएसिया, तीनबाट इटाली र चारबाट नेदरल्याण्ड्सले फाइनल फोरमा स्थान बनाए । 

स्टेडियो म्युनिसिपल डे ब्रागामा खेलको ८८ औं मिनेटमा अल्भारो मोराटाले गरेको एक मात्र गोल स्पेनलाई जित दिलाउन पर्याप्त बन्यो ।

उनले निको विलियम्सको पासलाई सदुपयोग गरेका थिए । यो जितसँगै शीर्ष स्थानको स्पेनले ६ खेलमा ११ अंक जोड्दा पराजित पोर्चुगल समान खेलबाट १० अंकका साथ दोस्रोमा रह्यो ।

यही समूहको अर्को खेलमा स्विट्जरल्याण्डले चेक रिपब्लिकविरुद्ध २–१ को जित निकाल्यो । लिगअन्तर्गतकै अन्य खेलमा स्कटल्याण्डले युक्रेनसँग गोलरहित तथा स्विडेनले स्लोभेनिया र अल्बेनियाले आइल्याण्डसँग समान १–१ को बराबरी खेले ।





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार ७:१९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया