नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार १०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियाे ।
यसैगरी, चाँदीको मूल्य भने घटेको छ । महासंघले बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँ कायम भएको जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।