जाजरकोट अस्पतालको नयाँ भवनबाट सेवा दिने तयारी
५० शैय्या बिस्तारको घोषणाको सात वर्षपछि बल्ल सेवा दिने अवस्थामा पुग्यो अस्पताल

५० शैय्या बिस्तारको घोषणा गरेको सात वर्षपछि जाजरकोट अस्पतालको बल्ल नयाँ भवनबाट स्वास्थ्य सेवा दिने तयारी थालेको छ । संरचना अभावले पूर्व घोषणा कार्यान्वयन गर्न नसकेको अस्पतालले अब भने नयाँ भवनमार्फत  सेवा दिने तयारी गरेको छ । जाजरकोट अस्पताललाई १५ जेठ ०७३ जेठमा १५ शैय्याबाट ५० शैय्या मा विस्तार गरिएको थियो । 

२६ असार ०७७ मा अस्पतालले नयाँ भवन निर्माण सुरु गरेको थियो । संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतले उक्त भवन निर्माण गर्न ३० करोड २९ लाख ४७ हजार ८४ रुपैयाँ खर्च गरिरहेको छ । 

३० महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यका साथ काम सुरु गरेको निर्माण कम्पनी सिनर्जी ज्ञान ज्योति, क्षितिज जेभी काठेश्वर काठमाडौंले तोकिएकै मितिमा सम्पन्न गर्न तयार रहेको जानकारी दिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख नवराज कँडेलले जानकारी दिए । 

२५ पुस ०७९ भित्र निर्माण कार्य पुरा गरी हस्तान्तरण गर्ने योजनामा रहेको निर्माण कम्पनीका प्रतिनिधि मनोज गौतमले जानकारी दिए । भवनको १६ असोज ०७७ तत्कालीन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेका थिए ।

६ वटा नयाँ अत्याधुनिक भवन निर्माण जारी रहेको गौतमले बताए । चार वटा भवनको रङरोगन सम्पन्न भएको र दुई वटा भवनमा रङरोगन चलिरहेको बताए । भौतिक संरचना अभावमा उपचारमा समस्या आएपछि धेरै नै आलोचना भएपछि तत्कालीन वन मन्त्री बस्नेतले अत्याधुनिक भवन बनाइ सेवा प्रवाहलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएका थिए । 

उनको यो चुनावी नारा समेत रहेको थियो । स्वास्थ्य सेवा कार्यालय र अस्पताललाई ५० शैय्यामा स्तराेन्तति भए पनि संरचना अभावमा काम गर्न मुस्किल हुँदै आएको थियो । प्रदेश सरकारको ५० लाख रुपैयाँ लगानीमा भवन निर्माण कार्य जारी रहेको समयमा उपचार गर्न सहज होस भनी केही संरचना निर्माण गरिएको थियो ।



सुर्खेतको मेहलकुना र जाजरकोट अस्पताल मात्र ५० शैय्या  विस्तार भएका थिए । अन्य जिल्लामा १५ शैय्याका अस्पताल नै रहेका छन् । जाजरकोट अस्पतालभन्दा छिमेकी जिल्लाका अस्पताल १५ शैय्याका अस्पताल रहेका छन् । संघीय सरकारकै पहलमा जाजरकोटमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन सुरु भएको छ । 

अस्पताल प्रदेश मातहातमा रहेको छ । पालिकामा समेत स्वास्थ्य संस्थाहरू निर्माण जारी रहेको छ । पालिकाले आफै तलब भत्ता उपलब्ध गराउने गरी मेडिकल अधिकृत भर्ना गरेर सेवा प्रवाह गरिरहेका छन् । 



  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १४:१७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया