मकवानपुरमा दुई महिनाको अवधिमा एक सय ५३ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको साउन १ गते देखि असोज १० गते सम्मको अवधिमा विभिन्न अपराधमा संलग्न भएको आरोपमा १ सय ५३ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले १ सय ६२ वटा मुद्दा दर्ता समेत गरेको छ । 

जसमा सबै भन्दा धेरै लागू औषध ओसारपसारमा संलग्नहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बामदेव गौतमले । लागू औषध ओसार पसार गर्ने ५१ जनालाई पक्राउ गरेर अदालत मार्फत मुद्दा चलाइएको छ । यसै गरी अभद्र व्यवहारमा ५३ जनालाई पक्राउ गरिएको छ।

जबरजस्ती करणीमा ४ जना, करणी गरेर कर्तव्य ज्यान गरेको १ वटा, सवारी ज्यानमा ९ जना, चोरीमा १७ जना, ज्यान मार्ने उद्योगमा २ जना लगायतका रहेका छन् । साउन, भदौ र असोज महिनामा लागू औषध ओसार पसार र यसमा संलग्नहरू धेरैलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १४:३६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया