अब लिङ्देन र मिश्रले देशको निकास दिन्छन् : राणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले अब पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रले देशमा नयाँ सिराबाट राजनीति गर्ने विश्वास व्यक्त गरेका छन् ।

अबको निर्वाचन देशको भाग्य निर्धारण गर्ने मौका भएकाले सदुपयोग गर्न उनले सर्वसाधारणलाई आग्रह पनि गरे । उनले भने, ‘हामीहरू अरू पार्टीजस्तै बनेर जानु हुँदैन, हामीले देशका लागि प्रष्ट भिजन दिन सक्नु पर्छ ।’ 

राष्ट्रिय प्रजातन्त्र पार्टी तथा रवीन्द्र मिश्र समूहबीच एकता घोषणा कार्यक्रममा उनले लिङ्देन र मिश्रसँगै ८१ वर्षीय आफू पनि लाग्ने बताए । 

पञ्चेश्वर, पश्चित सेती र अरुण जस्ता वृहत आयोजनालाई अब मुलुकले जोड दिनुपर्ने बताए । मुलुक विकासको छायामा होइन मूल ज्योति मै रहनुपर्ने बताए । अब पूर्वबाट मात्रै होइन पश्चिमबाट पनि सूर्य उदाउने अवस्थामा पुर्‍याउनुपर्ने पनि उनले बताए ।  





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १५:२९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया