गुरु घिमिरेको समर्थन गर्दै गोकुल बाँस्कोटाले गरे गगन थापाको आलोचना
फरकधार / १२ असोज, २०७९

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपाली कांग्रेसका  नेता गगन थापाको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा कांग्रेस नेता गुरु घिमिरेप्रति सहानुभूति देखाउँदै थापाको आलोचना गरेका हुन् । 



‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरूले गर्दै आएको सनातनी कर्म हो,’ नेता बाँस्कोटाले भनेका छन्, ‘तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तविक मर्मरक्षाको राजनीति गरेको देखियो ।’ 

घिमिरेले दलीय राजनीतिको वास्तविक मर्मरक्षा गरे पनि फाइदा भने थापाले नै लिने उनले जनाएका छन् । 



‘गुमाउन त गुरुले नै गुमाउँछन् तर गगनसामु गुरुले स्पस्ट रूपमा काडा छाप छोड्ने भए,’ बाँस्कोटाले लेखेका छन् । 



  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १५:५६:३२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया