एकता कपूर र उनकी आमाविरुद्ध पक्राउ पुर्जी जारी
फरकधार / १२ असोज, २०७९

भारतीय टेलिभिजन उद्योगकी ‘क्वीन’ एकता कपूर र उनकी आमा शोभा कपुरविरुद्ध वेब सिरिज ‘एक्सएक्सएक्स सिजन–२’ को विषयलाई लिएर बेगूसराय न्यायालयले पक्राउ पुर्जी जारी गरेको छ ।



सन् २०२० मा यो सिरिजमा देखाइएको आपत्तिजनक दृश्यलाई लिएर बिहारको बेगूसराय कोर्टमा उजुरी दर्ता भएको थियो । सैनिकलाई अपमान गरिएको भनिएको यो मामलालाई लिएर न्यायालयले दुईविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको हो ।

वेब सिरिजमा कैयौं आपत्तिजनक दृश्य देखाइएको छ । जसमा एक दृश्य सैनिककी पत्नीसँग जोडिएको छ । यही दृश्यलाई लिएर बिहारको बेगूसरायमा एकताविरुद्ध उजुरी परेको थियो । बेगूसराय कोर्टले एकता र उनकी आमा शोभालाई चेतावनी पत्र पठाउँदै अदालतमा उपस्थिति हुन आदेश दिएको थियो ।



एकताले भने यो मामलालाई लिएर आफ्नो सफाई पेश गरेकी थिइन् । उनले यो थाहा पाउनासाथ आफूले तुरुन्तै वेब सिरिजको उक्त दृश्य हटाएको बताएकी थिइन् । उनले माफी पनि मागेकी थिइन् ।



यो मामलामा सैनिक संघका जिल्ला अध्यक्ष शम्भू कुमारले उजुरी दर्ता गराएका थिए । उनले भारतीय सैनिक आफैंलाई खतरामा राखेर देशको सेवा गरिरहँदा उनीहरुलाई सम्मानको दृष्टिले हेर्नुपर्नेमा सिरिजमा भारतीय सैनिक र उनकी पत्नीलाई गलत तरिकाले देखाइएको आरोप लगाएका थिए । 

  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार १६:५९:१८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया