मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते

पाँचथरको फिदिम नगरपालिका ४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा कुम्मायक गाउँपालिका ३ का २४ वर्षीय भीमबहादुर माझी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटना​मा मोटरसाइकलको पछाडि सवार भीमबहादुरकी १९ वर्षीया श्रीमती सुस्मिता माझी घाइते भएकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका भीमबहादुरलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।

माझीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने सुस्मिताको सोही अस्पतालमा उपचार भइरहेको छ । सुस्मिताको शरीरमा धेरै चोटपटक लागेको र अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १२, २०७९ बुधबार २१:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया