कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बुधबार नतिजा सार्वजनिक गरेको हो ।
कार्यालयले गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म लिएको परीक्षामा ११ हजार ६३३ सहभागी भएको जनाएको छ ।
ग्रेडवृद्धितर्फ १० हजार ३५३ जना सहभागी भएका थिए भने आंशिकतर्फ १ हजार २८० जना विद्यार्थी सहभागी भएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।