दक्षिण अफ्रिकाविरुद्धको पहिलो टी-२० मा भारतको फराकिलो जित

दक्षिण अफ्रिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा घरेलु टोली भारत ८ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको सामान्य लक्ष्य भारतले १६.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि सूर्यकुमार यादव र केएल राहुलले अर्धशतकीय पारी खेले ।

सूर्यले ३३ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५० रन बनाए । अविजित नै रहेका राहुलले ५६ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५१ रनको योगदान दिए ।  

विराट कोहलीले तीन रन जोडे । दक्षिण अफ्रिकाका लागि कागिसो रबाडा, एनरिक नोर्टजेले एक/एक विकेट हात पारे । त्यसअघि तिरुवनन्तपुरमस्थित ग्रीनफिल्ड अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनायो ।

उसका लागि केशव महाराजले ३५ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४१ रन बनाए । त्यस्तै, एडन मार्कमले २५ र वेन पार्नेलले २४ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।   

भारतका लागि अर्शदीप सिंहले तीन, दीपक चाहर, हर्षल पटेलले दुई/दुई र अक्षर पटेलले एक विकेट हात पारे । यो जितसँगै तीन खेलको सिरिजमा भारतले १–० को अग्रता लिएको छ । भारत–दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० आइतबार हुनेछ ।  





  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार ६:२८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया