इंग्ल्याण्डसँगको पाँचौं टी-२० मा पाकिस्तानको रोमाञ्चक जित

इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजअन्तर्गत पाँचौं खेलमा घरेलु टोली पाकिस्तानले जित हात पारेको छ । उसले गएरातिको खेलमा ६ रनको रोमाञ्चक जित हात पारेको हो ।

यो जितसँगै पाकिस्तान ७ खेलको सिरिजमा ३–२ ले अघि बढेको छ । यसअघि पाकिस्तान १० विकेट र ३ रन तथा इंग्ल्याण्ड ६ विकेट र ६३ रनले विजयी भएका थिए ।
 
१४६ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेट गुमाउँदै १३९ रन मात्र बनाउन सक्यो । उसका लागि अविजित ५१ रनको अर्धशतकीय पारी खेलेका कप्तान मोइन अलीले ३७ बलमा ४ छक्का र २ चौका प्रहार गरे ।

डेविड मलानले ३६, साम करनले १७ तथा बेन डुकेट र क्रिस वोक्सले समान १० रन बनाए । पाकिस्तानका लागि हरिस रौफले दुई, मोहम्मद नवाज, शादब खान, इफ्तिखर अहमद, आमिर जमाल र मोहम्मद वसिमले एक/एक विकेट लिए ।

त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन बनायो । उसका लागि मोहम्मद रिजवानले अर्धशतकीय पारी खेले । उनले ४६ बलमा तीन छक्का र दुई चौकासहित ६३ रन बनाए ।

इफ्तिखर अहमदले १५ र आमिर जमालले १० रन जोडे । इंग्ल्याण्डका लागि मार्क उडले दुई, डेविड विली साम करनले दुई/दुई तथा क्रिस वोक्सले एक विकेट हात पारे । इंग्ल्याण्डलाई दुई विकेट भने रन आउटको रूपमा प्राप्त भयो । पाकिस्तान र इंग्ल्याण्डबीचको छैटौं टी–२० शुक्रबार हुनेछ । 





  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार ७:५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया