पाकिस्तानमा चिनियाँ नागरिकमाथि हमला : एकको मृत्यु, दुईजना घाइते

पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ । घटनामा अन्य दुईजना घाइते भएका छन् । 

हमला उनीहरू लक्षित भएको पाकिस्तानी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमणकारी बिरामी भएको बहाना गर्दै कराँचीको सदर क्षेत्रमा रहेको क्लिनिकमा प्रवेश गरेका थिए । 

घाइते हुनेमा एक महिला पनि छिन् । पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ । घाइते दुवै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

उनीहरूको पेटमा गोली लागेको छ  । घटनाबारे अनुसन्धान गर्न सिन्ध प्रान्तका मुख्यमन्त्रीले निर्देशन दिएका छन् ।  





  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार ७:१२:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया