चितवनमा डेंगुको संक्रमणबाट फेरि एकजनाको मृत्यु

चितवनमा डेंगुको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वीचितवनको राप्ती नगरपालिका–७ की ४० वर्षीय महिला रहेकी छन् । डेंगु संक्रमित महिलाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीले जानकारी दिए ।

स्थानीय मौलाकालिका पोलिक्लिनकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो । यसअघि असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो ।

चितवनमा बुधबारसम्म ७४३ जनामा डेंगु सक्रमण पुष्टि भएको छ । तीमध्ये ४५९ चितवनका हुन् । बाहिरी जिल्लाका १७५ र ठेगाना नखुलेका १०९ जना रहेका छन् । चार हजार ४४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण पुष्टि भएको केसीले बताएका छन् । 





  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार ९:५२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया