logo-img

बेन्जेमालाई पिचिची अवार्ड प्रदान

स्पेनिस क्लब रियल मड्रिडका फ्रेन्च फरवार्ड करिम बेन्जेमालाई पिचिची अवार्ड प्रदान गरिएको छ। उनले पहिलोपटक यो अवार्ड जितेका हुन् । 

स्पेनिस पत्रिका मार्काले गत सिजन ला लिगामा सर्वाधिक गोलकर्ता रहेका बेन्जेमालाई बुधबार राति यो ट्रफी प्रदान गरेको हो । ​बेन्जेमाले गत सिजन ला लिगामा ३२ खेलमा २७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए ।

गत सिजन मड्रिडले कीर्तिमानी ३५ औं पटक ला लिगाको उपाधि जित्दा कप्तान बेन्जेमाले उत्कृष्ट प्रदर्शन गरे । ​बेन्जेमाले ला लिगा २०२१/२२ मा उत्कृष्ट खेलाडीको लागि अल्फ्रेडो डि स्टेफानो ट्रफी तथा समर्थकको मनपर्ने खेलाडीको रूपमा एमभीपी ट्रफी पनि जितेका थिए ।

अल्फ्रेडो डि स्टेफानोले मलाई सधैं मेरो सपनामा विश्वास गर्न र मड्रिडमा बिताएका हरेक पलको आनन्द लिन सिकाएको बेन्जेमाले अवार्ड जितेपछि बताए ।

‘म अहिले धेरै राम्रो महसुस गरिरहेको छु । विश्वको उत्कृष्ट टोलीबाट खेल्न पाउँदा आफुलाई निकै भाग्यमानी  ठान्छु । म मेरो प्रदर्शनबाट धेरै गर्व गर्छु र यो वर्ष हाम्रो लागि कठिन रहेपनि क्लबलाई धेरै भन्दा धेरै उपाधि जिताउने प्रयासमा हुनेछु,’ बेन्जेमाले भने ।

‘पिचिची ट्रफी जित्नु मेरो लागि धेरै महत्वपूर्ण छ र म मेरो टोलीका साथीहरू,समर्थक र क्लबलाई धन्यवाद दिन चाहन्छु । हाम्रा प्रतिद्वन्द्वीहरू प्रत्येक वर्ष ला लिगा जित्न चाहन्छन् र यो सधैं परिवर्तन हुन्छ । हामी बलियो टोली हौं र आफैँमा केन्द्रित छौं । भिनिसियस जुनियर र रोड्रिगो युवा छन् तर रियलका लागि धेरै खेलिसकेका छन् । म पक्का छु कि उनीहरुले पनि एक दिन यो ट्रफी जित्नेछन् ।’





  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया