पाल्पामा जिप दुर्घटना, चारजना घाइते

पाल्पामा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । बिहान साढे ४ बजेतिर बुटवलबाट यात्रु लिएर जुठापौवा हुँदै अर्घाखाँची जाँदै गरेको लु१ख १४३१ नम्बरको जिप रैनादेवी छहरा गाउँपालिकास्थित भैरव मावि छहराको निमार्णाधी भवनमाथि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

११ जना यात्रु रहेको उक्त जिपमा सवार झापा जिल्ला टोपकासी गाउँपालिका–५ बस्ने ४४ वर्षीय कृष्णबहादुर राई, रैनादेवी छहरा–६ का २४ वर्षीय दिपक पुन, सोही स्थानका १९ वर्षीया हिरा पुन र ४१ वर्षीय छविलाल रास्कोटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए ।

राति १२ बजे बुटवलबाट जुठापौवाको लागी हिँडेको जिप के कारणले दुर्घटना भयो भन्नेबारे खुलेको छैन । घाइतेहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   





  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार ११:४४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया