लुम्बिनीमा बिजुली बस सञ्चालन

लुम्बिनीमा पाँच वटा बिजुली बस सञ्चालनमा ल्याइएको छ । लुम्बिनी विकास कोषले एसियाली विकास बैंकबाट अनुदानमा प्राप्त गरेको  विद्युतीय बस सञ्चालनमा ल्याइएको हो । 

तीन वर्षदेखि १४ वटा विद्युतीय भ्यान र पाँच वटा बस थन्किएकोमा बिहीबारबाट बस सञ्चालनमा ल्याइएको हो । कोषले अन्य १४ वटा भ्यानहरू असोज १५ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ। 

यसअघि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका सघंसस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँच वटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।

पाँच वटा बसमध्ये एउटा बस बुटवल-भैरहवा-बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, दोस्रो बस बेलहिया-भैरहवा-एयरपोर्ट हुँदै लुम्बिनी, तेस्रो बस नवलपरासी-रामग्राम-भैरहवा-बेलहिया एयरपोर्ट हुँदै लुम्बिनी, चौथो बस कपिलवस्तु-तिलौराकोटबाट लुम्बिनी र पाँचौँ बस लुम्बिनी वरिपरि सञ्चालन हुने रुट तय गरिएको छ।





  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार ११:५२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया