बार्सिलोनामाथि छानबिन गर्न पिएसजी अध्यक्षको माग

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अध्यक्ष नासेर अल खेलाफीले बार्सिलोनामाथि छानबिनको माग गरेका छन् । उनले स्पेनिस क्लबको आर्थिक कोष निमार्ण गर्ने तरिका अनुचित भएको भन्दै युइएफएसमक्ष छानबिनको माग गरेका हुन् ।

चर्को ऋण र ला लिगाको आर्थिक नियमनका कारण खेलाडी दर्ता र पारिश्रमिकका लागि संघर्ष गरिरहे पनि बार्सिलोनाले यस सिजन ठूलो रकम खर्च गरी तीन खेलाडी भित्र्याएको थियो ।

यस सिजन रोवर्ट लेवान्डोवस्की, जुलेस कुन्डे र राफिन्हालाई मोटो रकम खर्च गरी भित्र्याएको बार्सिलोनाले फ्रि ट्रान्सफरमा पनि केही खेलाडीलाई ल्याएको थियो ।

बार्सिलोनाले खेलाडी अनुबन्धको रकम जुटाउनका लागि २५ प्रतिशत भविष्यको ला लिगा मिडिया अधिकारको २५ प्रतिशत र ‘इन हाउस प्रोडक्सन कम्पनी’ बार्सा स्टुडियोको ४९ प्रतिशत सेयर बेचेको थियो ।

बार्सिलोनाका अध्यक्ष जोन लार्पोटाले यसबाट क्लबको आर्थिक स्थिति सुधार हुने जनाए पनि लिग वान विजेता टोलीका अध्यक्ष खेलाफीले भने यसको छानबिन गर्न माग गरेका हुन् ।

‘यो उचित छ? पक्कै पनि छैन । मलाई यो वैधानिक छ/छैन थाहा छैन । यदी उनीहरूलाई यसको अनुमति दिने हो अन्य क्लबले पनि यस्तै गर्नेछन्,’ खेलाफीले भने, ‘युइएफएको आफ्नै नियम छ । उनीहरूले यससम्बन्धमा आगामी कदम उठाउनेमा म विश्वस्त छु ।’





  • प्रकाशित मिति : असोज १३, २०७९ बिहीबार १३:२०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया