बुमराहले टी-२० विश्वकप गुमाउने सम्भावना

भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले तीन सातापछि अस्ट्रेलियामा हुने टी–२० विश्वकप गुमाउने सम्भावना बढेको छ ।  

चोटका कारण केही समयअघि मात्र मैदान फर्किएका बुमराहले गम्भीर किसिमको ढाडको समस्याका कारण विश्वकप गुमाउन सक्ने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । 

बुमराह ४ देखि ६ महिना मैदान बाहिर रहन सक्ने बताइएको छ । उनको बारे केही भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले दिनमा औपचारिक निर्णय गर्ने बताएको छ ।  

बिसिसीआईले बुमराहको स्थानमा मोहम्मद सिराजलाई दक्षिण अफ्रिाकाविरुद्ध जारी टी–२० सिरिजको बाँकी दुई खेलका लागि टोलीमा बोलाएको छ । 

बुमराहले अघिल्लो साता अस्ट्रेलियाविरुद्ध टी–२० सिरिजको दोस्रो खेलबाट पुनरागमन गरेका थिए । भारतका प्रमुख डेथ ओभर र योर्कर स्पेलिष्ट बुमराह नहुँदा बलिङ आक्रमण कमजोर हुने देखिन्छ । 

टी–२० एसिया कपमा बुमराह नहुँदाको असर देखिएको थियो । २०१६ मा भारतका लागि डेब्यू गरेका बुमराह पछिल्लो एक वर्ष भने चोटसँग संघर्ष गरिरहेका छन् । 



बुमराहको गत मंगलबार अभ्यासका क्रममा ढाडको समस्या बल्झिएको हो । चोटका कारण भारतका प्रमुख अलराउन्डर रवीन्द्र जडेजाले भने टी–२० विश्वकप गुमाइसकेका छन् । 



  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार १०:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया