निरुता खत्रीको ‘उडिगै डालिका मैना’ सार्वजनिक [भिडियोसहित]

गायिका निरुता खत्रीको स्वरमा नयाँ देउडा गीत सार्वजनिक भएको छ । ‘उडिगै डालिका मैना’ देउडा गीत निरुता खत्री युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको हो । वियोगान्त कथामा आधारित उक्त गीतमा खत्रीको एकल गायन रहेको छ । 

कमल विरही थापाको शब्द तथा लय रहेको गीतमा सङ्गीत संयोजन तेजेन्द्र गुरुङले गरेका छन् । गीतको अभिनयमा पनि खत्री नै देखिएकी छन् ।

मर्मस्पर्शी गीत गायनमा परिचय बनाएकी खत्रीले आज सार्वजनिक भएको गीतमा निकै मिहिनेत गरेको प्रतिक्रिया दिएकी छन् । 

 





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार १५:२६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया