सरुवा हुँदैछ चिनियाँ राजदूत यान्छीको

नेपालमा चिनियाँ राजदूतको कार्यभार सम्हालिरहेकी होउ यान्छीको सरुवा हुने भएको छ । 

नेपालमा नेपाल कम्युनिस्ट पार्टीको विभाजनपछि उनको सक्रियता निकै बढेको थियो । पछिल्लो समय पनि उनी नेपालका कम्युनिस्ट पार्टीहरुबीच एकता होस् भन्ने हेतुका साथ विभिन्न नेताको घरमा पुगेपछि चर्चामा आएकी थिइन् । 

तिनै यान्छीको सरुवा गर्न लागिएको विशेष स्रोतहरुले बताएका छन् । 

नेपालका लागि चीनले अब नयाँ राजदूत को पठाउने छ भन्ने खुलेको छैन । 

यान्छी यसअघि सन् २०१८ मा राजदूतको कार्यभार सम्हाल्न नेपाल आएकी थिइन् ।





  • प्रकाशित मिति : असोज १४, २०७९ शुक्रबार २३:५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया