रुकुम पश्चिममा माओवादीले विद्रोह गर्ने तयारी

आगामि प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँटमा सत्तारुढ गठबन्धनले अझै सहमति निकाल्न सकेको छैन । तर, विभिन्न जिल्लामा विभिन्न दलहरुले आआफ्नो दाबी गर्दै अरु दललाई टिकट दिएको खण्डमा विद्रोह गर्ने जनाउन थालेका छन् । 

त्यस्तै, रुकुम पश्चिममा पनि नेकपा माओवादी केन्द्रका नेताहरुले कुनै पनि क्षेत्रमा कांग्रेस वा अरु कुनै पनि दललाई टिकट नदिने र दिएको खण्डमा विद्रोह गर्ने चेतावनी दिएका छन् ।

माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले त यस विषयमा विज्ञप्ति नै जारीसमेत गरेका छन् । उनले यसअघि जितेका जिल्लाहरुमा माओवादी केन्द्रले अरु पार्टीलाई छाड्न नहुने दाबी गरेका छन् ।

आफूहरुले भनेजस्तो नभएमा परिणाम अपेक्षित नआउने चेतावनीसमेत उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार ०:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया