गगन थापाले भने– पार्टीमा विद्रोह गर्ने बेला आएको छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा विद्रोह गर्ने समय आएको बताएका छन् । उनले चावहिलमा आयोजित एक पार्टी कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

थापाले गठबन्धन चुनाव जित्का लागि मात्र भएको बताउँदै पार्टीमा लामो समय यता गोलचक्कर चलिरहेको र अब पार्टीभित्र संघर्ष गर्ने समय आएको बताएका छन् ।

उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टीहरु निर्वाचनको गोलचक्करमा मात्रै सिमित भएको पनि दाबी गरेका छन् ।

उनले पार्टीमा न्याय, सन्तुलन, पार्टीभित्र सबैलाई सही ढंगले नहेरिएको भन्दै पछिल्लो समय पार्टीमा नयाँ खालको संघर्षको आवश्यकताको बोध हुन थालेको पनि जिकिर गरेका छन् ।

उनले पार्टीमा शुद्धिकरणको अभियान चलाउनु पर्ने समय आएको र पार्टीभित्र ठूलो विद्रोह गर्नु पर्ने समय आएको पनि बताएका छन् ।





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार ५:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया