बडादशैंको दिन पानी पर्ने
साङ्केतिक तस्वीर

मौसम पूर्वानुमान महाशाखाले यसपटकको दशैं हिले हुनसक्ने अनुमान गरेको छ । पछिल्लो दिनमा मनसुन निस्क्रिय बन्दै गएपछि बाहिरिन सक्ने अनुमान गरिएको थियो । तर, बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण दशैंमा वर्षा हुने सम्भावना बढेको महाशाखाले बताएको छ ।

महाशाखाका अनुसार न्यूनचापीय रेखा उत्तर–पश्चिमतर्फ सरिरहेकाले दसैँको दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना छ । 

महाशाखाले शुक्रबार ‘दसैँका लागि विशेष मनसुन बुलेटिन’ जारी गर्दै १८ असोज अर्थात् नवमीबाट नेपालमा पनि न्यूनचापीय क्षेत्रको प्रभावका कारण वर्षा सक्रिय हुने सम्भावना देखिएको जनाएको हो ।

नवमीमा प्रदेश १, मधेस, बागमती र गण्डकीका केही भाग र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विजयादशमीका दिन पनि देशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। विजयादशमीमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । 

एकादशीमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार ५:५७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया