बुन्डेस लिगमा बायर्न म्युनिखकाे सहज जित

जर्मन बुन्डेस लिग अन्तर्गत गएरातिकाे खेलमा घरेलु टोली बायर्न म्युनिखले  जित हात पारेकाे छ । उसले बायर लिभरकुसेनविरुद्व ४-० काे सहज जित हात पारेकाे हाे ।

एलियन्ज एरिनामा बायर्नलाई जित दिलाउन लिराेय साने,जमाल मुसियला, सादियाे माने र थाेमस मुलरले १/१ गाेल गरे । खेलकाे तेस्रो मिनेटमै सानेकाे गाेलमार्फत बायर्नले अग्रता लिएकाे थियाे । उनले मुसियलाकाे पासलाई सदुपयाेग गरे ।

१७ औं मिनेटमा मुलरकाे पासलाई जाली चुमाउँदै मुसियलाले टाेलीकाे अग्रता दाेब्बर बनाए । ३९ औं मिनेटमा मानेले मुसियलाकाे पासमा गाेल गरेपछि बायर्नले पहिलाे हाफमै ३-० काे आरामदायी अग्रता लियाे ।  

८४ औं मिनेटमा मुलरले गाेल गर्दै घरेलु  टाेलीलाई ४-० काे सहज जित दिलाए । याे जितसँगै ८ खेलमा १५ जाेडेर बायर्न दोस्रो स्थनमा उक्लिँदा पराजित लिभरकुसेन समान खेलबाट ५ अंकका साथ १६ औं स्थानमा छ । 





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार ७:५०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया