सन्दीप लामिछानेले भने– ६ अक्टोबरमा नेपाल आइपुग्नेछु

नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू ६ अक्टोबरमा नेपाल आइपुग्ने जानकारी दिएका छन् । नाबालिगमाथि बलात्कारको आरोप लागेपछि सन्दीपलाई नेपाल क्रिकेट एशोसियसनले निलम्बन गरेको थियो । 

सन्दीपले ५ भदौमा आफूमाथि बलात्कार गरेको एक नाबालिगले उजुरी दिएपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । 

त्यति बेला उनी क्रिकेट खेल्न वेस्ट इन्डिज पुगेका थिए । त्यहाँ सिपिएल बीचमा नै छोडेर निस्किएका सन्दीप अहिले कहाँ छन् भन्ने टुंगो छैन । यसअघि पनि उनले आफू निर्दोष भएको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । 

अहिले पनि सन्दीपले आफू निर्दोष भएको भन्दै फेसबुकमा नै आफू ६ अक्टोबरमा नेपाल आउने बताएका हुन् ।





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार १०:५४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया