अब्दुस मियाँ गोरखा २ बाट चुनाव लड्ने चर्चा

गोरखा क्षेत्र नम्बर २  मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका हुन् ।

उनी गत ६ असोजमा नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा प्रवेश गराएका थिए । त्यस अघि मियाँ काठमाडौँ ६ मा स्वतन्त्र चुनाव उठ्ने घोषणा गरिसकेका थिए । 

उनलाई पार्टी प्रवेश गराएपछि भएको एमालेको सचिवालय बैठकमा उनको व्यवस्थापनका विषयमा छलफल भएको थियो । उनलाई  काठमाडौँ ६ बाट वा गोरखा २ बाट उम्मेदवार बनाउने ? भन्ने विषयमा सचिवालय बैठकमा छलफल भएको थियो । 

गोरखा २ मा टिकट दिनका लागि एमाले गोरखाका नेताहरूले केन्द्रीय कमिटीमा लबिङ पनि गरेका छन् । 





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार १८:२९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया