प्रिमियर लिगमा आर्सनलको सहज जित

इंग्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा आर्सनल  विजयी भएकाे छ । ऊ घरेलु मैदानमा टाेटेनहम हटस्पुरविरुद्व ३-१ ले विजयी भएकाे हाे ।  

इमिरेट्स स्टेडियममा आर्सनललाई जित दिलाउन थाेमस पार्टी, गाब्रिय जिसस र ग्रानिट साकाले १/१ गाेल गर्दा टाेटेनहमका लागि ह्यारी केनले एक गाेल फर्काए ।

खेलकाे २० औं मिनेटमा पार्टीकाे गाेलमार्फत आर्सनलले अग्रता लिएकाे थियाे । उनले बेन ह्वाइटकाे पासलाई सदुपयाेग गरे ।
 
३१ औं मिनेटमा केनले पेनाल्टीमा   गाेल गर्दै खेललाई १-१ काे बराबरीमा ल्याए । ४९ औं मिनेटमा जिससले घरेलु टाेलीलाई २-१ ले अघि बढाए ।

६२ औं मिनेटमा इमर्सन राेयलले राताे कार्ड बेहाेर्दै मैदान छाडेपछि टाेटेनहम १० खेलाडीमा सिमित बन्याे । ६७ औं मिनेटमा साकाले गाेल गरेपछि आर्सनलले ३-१ को जित निकाल्याे । उनले गाब्रियल मार्टिनेलीकाे पासलाई सदुपयाेग गरेका थिए ।

जितसँगै ८ खेलमा २१ अंक जाेडेकाे आर्सनल शीर्ष स्थानमा कायम रहँदा पराजित टाेटेनहम समान खेलबाट १७ अंकका साथ तेस्रो स्थानमा छ । 





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार १९:५२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया