काठमाडौंको बांगेमुढामा मेयर बालेनविरुद्ध प्रदर्शन, पुतला पनि जलाइयो

काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय बासिन्दाले शनिबार साँझ प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका छन्, नाराबाजीको क्रममा मेयर शाहको पुतला पनि जलाएका छन् । 

‘डोजर आतङ्क बन्द गर’, ‘नेवा विरोधी होसियार’ जस्ता नाराबाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । सो क्रममा आक्रोशित स्थानीय बासिन्दाले महानगरपालिका– २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

महानगरपालिकाले गत शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

स्थानीय बासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमीलगायत पुगेका थिए । सार्वजनिक मन्तव्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोप लगाएका थिए । 





  • प्रकाशित मिति : असोज १५, २०७९ शनिबार २०:४४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया