सिरी ‘ए’ मा रोमाले इन्टर मिलनलाई हरायो

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा रोमा विजयी भएको छ । ऊ घरेलु टोली इन्टर मिलानविरुद्ध २–१ ले विजयी भएको हो । 

सान सिरोमा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर स्तब्ध बन्न पुग्यो । खेलको ३० औं मिनेटमा फेडेरिको डिमार्कोले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

३९ औं मिनेटमा पाउलो डिबालाले रोमालाई १–१ गोलको बराबरीमा ल्याए । ७५ औं मिनेटमा क्रिस स्मलिङले गोल गर्दै पाहुना टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए ।

जितसँगै ८ खेलमा १४ अंक जोडेको छ । रोमा चौथो स्थानमा रहँदा पराजित इन्टर समान खेलमा १२ अंकका साथ सातौं स्थानमा रहेको छ ।  

लिगअन्तर्गतकै अन्य खेलमा नापोलीले टोरिनो तथा एसी मिलानले इक्पोलिलाई समान ३–१ ले पराजित गरे । 





  • प्रकाशित मिति : असोज १६, २०७९ आइतबार ६:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया